प्रतिनिधिसभा बैठक

कांग्रेसले विश्वासको मत दिएकामा ओलीको आपत्ति

आइतबार, माघ २२, २०७९

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकामा आपत्ति जनाएका छन् । 

लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्ष पनि आवश्यक हुने भन्दै अध्यक्ष ओलीले कांग्रेसले सत्ताको लोभमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै आपत्ति जनाएका हुन् ।

गत पुस २६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने बेलामा कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।

आज प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्रमा प्रतिपक्ष अनिवार्य हुने भन्दै कांग्रेसले अनावश्यक रूपमा सत्ताको लोभ गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएर राजीतिक किचलो ल्याउन लागेको आरोप लगाए ।

प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाई विश्वासको मत दिने तर सभामुख तथा उपसभामुख पदको निर्वाचनमा प्रतिस्पर्धा गरेर कांग्रेसले आफ्नो सत्ता स्वार्थ देखाएको उनको भनाइ छ ।
 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्