ईयू र जी–७ समूहले रुसी पेट्रोलियम पदार्थ खरिदमा कर वृद्धि गर्ने

शनिबार, माघ २१, २०७९

ब्रसेल्स–युरोपेली संघ (ईयू) र विश्वका समृद्ध अर्थतन्त्रहरूको समूह (जी–७) ले समुद्रबाट हुने रूसी पेट्रोलियम पदार्थको मूल्य नियनत्रणका लागि सम्झौता गरेको युरोपेली आयोग (ईसी)ले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सम्झौतामा डिजेल, मट्टितेल र पेट्रोलजस्ता ‘प्रिमियम–टु–क्रुड’ पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलर तोकिएको छ भने ‘डिस्काउन्ट टु क्रुड’ जस्ता पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल ४५ अमेरिकी डलर तोकिएको इसीले जनाएको छ ।  

मूल्य सीमा आइतबारदेखि लागू हुने र यसमा मूल्य सीमाभन्दा माथि खरिद गरिएको समुद्री रुसी पेट्रोलियम पदार्थका लागि ५५ दिनको ‘विन्ड–डाउन पिरियड’ समावेश गरिएको छ । 

यसैबीच, रुसी पेट्रोलियम पदार्थको आयातमा सन् २०२२ को जुनमा ईयूले लगाएको प्रतिबन्ध पनि आइतबारदेखि लागू हुनेछ ।

सन् २०२२ को डिसेम्बरमा इयूले रूसी समुद्री कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० अमेरिकी डलर तोकेको थियो ।

गत डिसेम्बरमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी तेल र पेट्रोलियम पदार्थको आपूर्तिमा प्रत्यक्ष वा परोक्ष रूपमा सम्झौता भएमा त्यसको आपूर्तिमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  २०:५४
प्रतिक्रिया दिनुहोस्