जसले ३ वर्ष खर्च गरेर जहाज बनाइ आफ्नो सपना पुरा गरे

शनिबार, माघ २१, २०७९

काठमाडौँ – हामी हाम्रो सपना पुरा गर्नका लागि के कति गर्न सक्छौँ ? हरेकको व्यक्तित्व अनुसार अनुभव फरक–फरक हुनसक्छ । कतिले रातदिन नसुतेर सपना पुरा गर्छन् भने कोही निदाउँदा देखिने सपनामै रमाइरहेका हुन्छन् । 

एक जना इजरायली व्यक्तिले ३ वर्षको कडा मेहनत गरेर आफ्नो सपना पुरा गरेका छन् । सानैदेखि आफ्नै विमानको सपना देखेका पाइलट रोय बेन अनातले आफ्नो सपना १ करोड ४५ लाखमा नै पुरा गरे ।

एउटा प्राइबेट बिमान किन्दा कति खर्च पर्छ होला ? तर, १ करोड ४५ लाख रूपैयाँमा नै आफैँले बिमान बनाएर उनले आफ्नो सपना पुरा गरेका हुन् ।  

पेशाले पाइलट तथा फोटोग्राफरले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै आफ्नो लामो समयदेखिको सपना पूरा गर्ने अनुभव साझा गरेका छन् । अहिलेसम्म उनले स्वनिर्मित विमानबाट २० पटक उडिसकेका छन् । 

विमान बनाउने रोय बेन अनात मात्र ३४ वर्षका छन् । सधैं आफ्नै विमान होस् भन्ने चाहाने उनले यसका लागि उनीहरुले यति मिहिनेत गर्नेछन् र घरमै हवाईजहाज बनाउनेछन् भन्ने कसैले सोचेका थिएनन् । अहिले अधिकतम गति ३६० किलोमिटर प्रतिघण्टा रहेको छ । ८० लिटर इन्धनमा यो विमानले साढे २ घण्टामा ६७० किलोमिटरको उडान भर्न सक्छ ।
 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ०८:००
प्रतिक्रिया दिनुहोस्