राप्रपाले सरकार र पार्टीबीच समन्वय गर्न कार्यविधि बनाउने

बिहीबार, माघ १९, २०७९

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार र पार्टीबीच समन्वय गर्न कार्यविधि बनाउने निर्णय गरेको छ । 

बिहीबार काठमाडौँमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टी र सरकारबीच समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि निर्माण समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीको विधान बमोजिम पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकले आगामी २०८० बैशाख १ गतेदेखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले बताए । 

बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा जानकारी गराएको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १९:३१
प्रतिक्रिया दिनुहोस्