नेभिगेशन
समाचार
गठबन्धनमा रवि फ्याक्टर

प्रचण्डलाई ओलीको जबाफ : अदालतको पूर्ण पाठ पुराण वाचन गर्ने हो ?

विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउने दाबी गरेका छन् । 

विराटनगर विमानस्थलमा बिहीबार ओलीले भने, ‘सरकार संकटमा पर्छ जस्तो लाग्दैन । रास्वपाले गृह मन्त्रालय पाउँछ ।’ देशको शासन प्रणालीमै अस्थिरता रहेको उनको भनाइ थियो ।

रास्वपाले गृह मन्त्रालय पाउँदा कसलाई मन्त्री बनाउने भन्ने विषय सो पार्टीको आन्तरिक विषय रहेको ओलीको भनाइ थियो । 

अदालतको पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने हो र ?

यस्तै, अध्यक्ष ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकार संकटमा नपर्ने पनि बताए । राष्ट्रपति निर्वाचन र गृह मन्त्रालयको विषयमा  सत्ता गठबन्धनमा दरार सुरु भएका बेला ओलीले यही कारणलाई लिएर सरकार संकटमा नपर्ने बताएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार