माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक आज

बिहीबार, माघ १९, २०७९

काठमाडाैँ –  नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक आज बस्ने भएकाे छ । पार्टीकार्यालय पेरिसडाँडामा बिहीबार दिउसाे ४ बजेका लागि स्थायी कमिटी बैठक तय भएकाे महासचिव देव गुरूङले जानकारी दिए । 

बुधबारका लागि तय गरिएकाे माओवादी केन्द्रकाे बैठक आजका लागि सारिएकाे थियाे । आजकाे बैठकमा राष्ट्रपतिकाे निर्वाचन, गृहमन्त्रालय, राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन लगायतका विषयमा छलफल हुने छन् । 

देशकाे विकसित राजनीतिक घटनाक्रमकाे बारेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रिफिङ गर्ने छन् । 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०७:४२
प्रतिक्रिया दिनुहोस्