गृह मन्त्रालय नदिए सरकार छाड्ने रास्वपाकाे चेतावनी

मंगलबार, माघ १७, २०७९

काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने चेतावनी दिएकाे छ ।

रास्वपा सभापति रवि लामिछाने मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

भेटमा लामिछानेले आफूलाई गृह मन्त्रालयमा फर्काउन आग्रह गरे पनि प्रचण्ड भने उनकाे प्रस्तावमा सकारात्मक नभएकाे बुझिएकाे छ । 

बालुवाटार स्रोतका अनुसार गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै लामिछाने बालुवाटारबाट बाहिरिएका थिए । 

प्रधानमन्त्री दाहालले रास्वपालाई गृहको सट्टा अर्को मन्त्रालय दिन तयार भए पनि लामिछानेले गृहमै दाबी गरेको स्रोतले बतायो ।

स्रोतका अनुसार रविले प्रधानमन्त्री दाहाललाई आज साँझ ५ बजेसम्म गृहमन्त्रीमा आफूलाई नियुक्त गर्नका लागि अल्टिमेटम दिएका छन् ।

त्यतिबेलासम्म नियुक्त नगरे सरकारबाट बाहिरिने उनको चेतावनी छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने बताएका थिए । 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्