प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

सोमबार, माघ १६, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले आज भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार बिहान भएको भेटवार्तामा उनीहरूबीच काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राखेका थिए । 

काठमाडौँका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको मेयरको सचिवालयले जानकारी गराएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्