सूचनाको हकसम्बन्धी विषयमा छलफल गर्दै प्रधानमन्त्री

सोमबार, माघ १६, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले आज (सोमबार) सूचनाको हकसम्बन्धी विषयमा सरोकारवाला पक्षहरूसँग छलफल गर्दै छन् ।

सूचना वर्गीकरण समितिले कुन सूचना दिने र कुन नदिने भन्ने सम्बन्धमा गरेको निर्णयका सम्बन्धमा सरोकारवाला पक्षले ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् । 

गत पुस १० गते दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सूचना वर्गीकरण समितिले गत पुस १२ गते कुन सूचना दिने वा नदिने भनेर निर्णय गरेको थियो । 

सम्बन्धित उच्च नेतृत्वलाई कुनै जानकारी नै नदिई समितिले गरेको निर्णयले समस्या पार्ने भन्दै प्रधानमन्त्रीले छलफल गर्न लागेको बताइएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार