पल शाह विरुद्ध पोखरा उच्च अदालतमा मुद्दा

आइतबार, माघ १५, २०७९

काठमाडौँ– नायक पल शाह विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन मुद्दा परेको छ । 

उनलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन दिएको हो ।

गत बिहीबार सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणीको मुद्दामा अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने भन्दै निवेदन दर्ता भएको छ ।  गत भदौ २१ गते बलात्कारको मुद्दामा पललाई सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दर्ता भएको हो । 

अदालतले बलात्कार मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । यो फैसलाविरुद्ध पलले उच्च अदालतमा पुनरावेदन गरिसकेका छन् । 

जबर्जस्ती करणीकै मुद्दामा पलले तनहुँ जिल्ला अदालतबाट भने माघ ३ गते सफाइ पाएका छन् । सहयोगी भूमिका खेलेको भनिएका कृष्ण जोशीले पनि तनहुँ अदालतबाट सफाइ पाइसकेका छन् ।

नाबालिकालाई बलात्कार गरेको आरोपमा गत फागुन ११ गते उनका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरमा शाहविरुद्ध उजुरी दिएका थिए । त्यसपछि फरार रहेका पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार