रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

आइतबार, माघ १५, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापतिको जिम्मेवारी पुनः रवि लामिछानेलाई दिइएको छ ।

आइतबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो । 

बैठकले लामिछानेलाइ पार्टी सभापति बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । लामिछानेले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । 

गत शुक्रबार सर्वोच्च अदालतले नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद र उपप्रधानमन्त्री तथा गृहमन्त्री पद खारेज गरेको थियो । साथै, उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्