नेभिगेशन
समाचार

सभामुखको कार्यालय हाइज्याक भयो, संसदमा कुनै प्रतिपक्ष छैनः वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौँ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको कार्यालय पनि हाइज्याक भएको बताएका छन् । शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले सरकारमा सहभागी हुनबाट रोक्न हेतु नेकपा एमालेले हतारमा सभामुखसँग मिलेमतो गरेर नेपाली काँग्रेसलाई प्रतिपक्ष दलको दर्जा दिन लगाइएको बताए ।

उनले नेकपा एमाले र सरकार सभामुखसँग चाँडो भन्दा चाँडो काँग्रेसलाई प्रतिपक्षमा धकेल्न लगाइएको बताए । उनले संसदलाई राष्ट्रिय पञ्चायत जस्तो बनाइएको आरोप लगाए । 


संसदमा कुनैपनि प्रतिपक्ष नरहेको जिकिर गर्दै संसदलाई सत्तापक्ष नै बनाउनु भनेको संसदीय प्रणालीको मुल मर्म र आत्मामाथिको प्रहार भएको बताए । वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेका पार्टीहरुसँग नेशन्स बिल्डिङ र ट्रान्सफरमेसनको कुनै एजेण्डा नभएको बताए । उनले पार्टीहरु सत्ता र पदको लागि अवसरको खोज्ने काममा नै लागि परेको बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो भुमिकाले अवसर खोज्ने कुरामा मात्रै पार्टीहरु केन्द्रित भएको पुष्टि गरेको बताए । उनले राजनीतिक पार्टीहरु एजेण्डा र विचार बिहीन भइसकेको बताउँदै पार्टीहरुलाई दासहरुको कुम्भ भेलाको संज्ञा दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार