विश्वासको मत दिएको विषय समाप्त भइसक्योः डा.कोइराला

बुधबार, माघ ११, २०७९

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग उनले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको स्पष्ट पारे ।

राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको उल्लेख गर्दै डा.कोइरालाले कांग्रेसले आफ्नो उम्मेदवार दिने र अन्य दलसँग छफलफल भइरहेको जानकारी दिए ।

उनले मङ्गलबार नयाँ बानेश्वरको आत्मदाहको घटना अन्त्यन्त दुःखदायी भएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  २१:५६
प्रतिक्रिया दिनुहोस्