सुदूरपश्चिमकी उपसभामुख चौधरीले दिइन् पार्टीबाट राजीनामा

बुधबार, माघ ११, २०७९

अत्तरिया–सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले)बाट राजीनामा दिएकी छन् । 

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जनाएकी छन् ।

विज्ञप्तिमा उपसभामुख पदमा आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीबाट राजीनामा दिएको उल्लेख छ ।

उपसभामुख चौधरी माघ ४ गते उपसभामुख पदको शपथ ग्रहण गरेकी थिइन् । सत्ता साझेदार दल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १८:४५
प्रतिक्रिया दिनुहोस्