रवि लामिछानेको नागरिकता विवादमा आजदेखि निरन्तर सुनुवाइ हुने

बुधबार, माघ ११, २०७९

काठमाडौं– रवि लामिछानेको नागरिकतासम्बन्धी विवादको विषयमा आजदेखि अन्तिम सुनुवाइ हुँदै छ ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्वको मुद्दामा संवैधानिक इजलासले पेसी सार्न नमिल्ने र अग्राधिकारसमेत दिएकाले बुधबार पूर्ण सुनुवाइ हुने भएको हो । संवैधानिक इजलासले मुद्दाको सुनुवाइ गर्ने छ ।

पुस २२ गते भएको उक्त सुनुवाइपछि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित ५ जना वरिष्ठतम न्यायाधीशको इजलासले दुवै पक्षबाट पेसी सार्न नमिल्ने र अग्राधिकारसहित माघ ११ गतेका लागि पूर्ण सुनुवाइको पेसी तोकिएको थियो ।

अमेरिकाको नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेकाले लामिछानेलाई सांसदका रूपमा शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश अस्वीकार गरिए पनि उक्त प्रयोजनका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । संवैधानिक इजलासले बहस सुनेपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ०८:२२
प्रतिक्रिया दिनुहोस्