नेभिगेशन
अर्थतन्त्र विविध

पश्चिम नेपालमा विश्वासिलो बन्दै कर्णाली विकास बैंक

काठमाडौँ–ग्रामीण क्षेत्रका नागरिकहरूलाई बैंक तथा वित्तिय सेवा प्रदान गर्ने उद्देश्यसहित स्थापना भएको कर्णाली विकास बैंक पश्चिम नेपालमा विश्वासिलो बैंक बन्दै गएको छ ।


लुम्बिनी प्रदेशको नेपालगन्जमा प्रधान कार्यालय रहेको यस बैंकले हालसम्म १८ वटा शाखासहित अहिले पश्चिम नेपालको महत्वपूर्ण बैंक बनिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावतले जानकारी दिए ।


बैंकले स्थानीय जनशक्ति र पूँजी श्रोतको परिचालन गरी कृषि, व्यापार र उद्योग मार्फत ग्रामीण तथा सहरी अर्थतन्त्रको उत्थान गर्न सम्भाव्य उत्पादनको उत्पादकत्व स्थापना, विकास, विस्तार र सहजीकरण गर्दै स्थानीय तहमा रोजगारी समेत सृजना गरेपछि अहिले पश्चिम नेपालको विश्वासिलो बनेको छ । 


बैंकले देशभर छरिएर रहेका पूँजी सञ्चित गरी वित्तिय सेवा प्रदान गर्दै आएको छ । साथै संस्थागत लगानी र स्वस्थ प्रतिस्पर्धामा अब्बल मानिएको यस बैंकले अहिले नागरिकहरूमा बचतको बानी विकाश गर्नेदेखि गाउँघरमा साना तथा घरेलु उद्योग स्थापनामा समेत योगदान गर्दै आएको छ । 


स्रोत साधनको अधिकतम प्रयोग गर्दै उत्पादनलाई बढाउने उद्देश्य लिएको बैैकले स्थानीय उत्पादनलाई बजारीकरणमा समेत योगदान पु¥याउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध