नेभिगेशन
अर्थतन्त्र विविध

आज वाणिज्य बैंकहरू खुला

काठमाडौँ –पोखरामा भएको यती एअरको विमान दुर्घटनाको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिए पनि बैंक तथा वित्तीय संस्था भने खुलेका छन् ।


कुमारी, सानिमा, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, सनराइज, लक्ष्मी, माछापुच्छ्रे, एनएमबी, एनआईसी एसिया, सिद्धार्थ लगायतका बैंकहरूले सूचना निकालेर सोमबार निश्चित समयको लागि बैंक खुला रहेको जानकारी दिएका छन् ।


सानिमा बैंकले बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म सेवा दिने जनाएको छ ।


यस्तै, सार्वजनिक बिदामा सञ्चालन हुने काउन्टर सेवा भने साविकको समयतालिका अनुसार नै खुल्ने बैंकले जनाएको छ । साथै चेक क्लियरिङ्ग र आईपीएस सेवा शुक्रबारको समय तालिका अनुसार नै हुने सानिमा बैंकले जनाएको छ ।


यसैगरी कुमारी बैंकले पनि पुतलीसडक, न्युरोड, नारायणगढ, धनगढी, कञ्चनपुर र अत्तरियामा रहेका कार्यालयबाट आज सेवा दिने जनाएको छ । 
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सेवा दिने कार्यालय र  समय तालिका सार्वजनिक गरेको छ । नबिल बैंकले पनि विराटनगर, वीरगञ्ज, तीनधारा ललितपुर, काठमाण्डौका बिजुलीबजार र महाराजगञ्ज तथा पोखरा, बुटवल र धनगढीमा रहेका कार्यालयबाट सेवा दिने सूचना निकालेको छ । 


यी काउन्टरमार्फत् १० लाख रुपैयाँसम्म रकम जम्मा गर्न सकिने र २ लाख रुपैयाँसम्म निकाल्न सकिने बैंकले जनाएको छ ।  यसैगरी सनराइज बैंकले पनि सोमबार आफ्ना सबै सेवाहरूले दिने जनाएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध