प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

शनिबार, पुस ३०, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा मन्त्रिपरिषदकाे पूर्णता, सभामुख, उपसभामुख निर्वाचनलगायतमा छलफल भइरहेकाे प्रधानमन्त्री ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

 

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।  यसअघि,  शुक्रबार साँझ ‌प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्न अध्यक्ष ओली बालुवाटार पुगेका थिए । 

 

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १०:३८
प्रतिक्रिया दिनुहोस्