कांग्रेसलाई केही दिने सर्तमा सहमति भएको छैनः प्रधानमन्त्री ‘प्रचण्ड’

ओलीसँग कुनैपनि मतभेद र समस्या नभएकाे जिकिर
मंगलबार, पुस २६, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई विश्वासको मतको बदलामा केही दिने कुनै पनि सर्तमा सहमति नभएको बताएका छन् ।

 

मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री  ‘प्रचण्ड’ले आफुले देश र जनतासामू गरेको प्रतिवद्धताहरु पुरा गर्नका लागि विश्वासको मतले थप जिम्मेवारी र चूनौति थपेको बताएका हुन् ।

 

यसअघि आफुले अनुमानका आधारमा सिंगो संसदको मत पाउने भनेपछि अहिले यथार्थमा परिणत भएको भन्दै प्रचण्डले निकै हर्ष र गौरवको अनुभूति भएको बताए । उनले कांग्रेससंग कुनै पनि सर्तमा सहमति नभएको र केपी ओली र आफुबीच पनि कुनै मतभेद र समस्या नभएको स्पष्ट पारेका छन् ।

 

मंगलबार संसदमा २६८ सांसदको मतका साथ प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्