विशेष परिस्थितिका कारण सरकारलाई विश्वासको मत दियौंः उपसभापति खड्का

'प्रमुख प्रतिपक्षको भुमिका सुरक्षित छ'
मंगलबार, पुस २६, २०७९

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले अहिलेको परिस्थितिको मूल्यांकन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताएका छन् ।

 

मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्यांकन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको उनको दाबी छ ।

 

‘२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि हामी प्रमुख प्रतिपक्षमा थियौँ, त्योबेला पनि त्यसबेलको परिस्थितिलाई ध्यानमा राखेर हामीले विश्वासको मत दिएका थियौँ,  त्यही अनुसार यस पटक पनि मुलुकको परिस्थितिको ध्यान राख्दै, परिस्थितिलाई बुझेर, हामीले विश्वासको मत दिएको हो, प्रमुख प्रतिपक्षको भुमिका सुरक्षित छ,’ उपसभापति खड्कालले भने ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्