दाैरा-सुरुवाल लाउनेले चुनाव जिते, क्रान्तिकारिताकाे प्रदर्शनले चुनाव जितिएन : प्रचण्ड

मंगलबार, पुस २६, २०७९

काठमाडाैँ- ११ पुसमा प्रधानमन्त्रीकाे शपल लिन राष्ट्रपति निवास शीतल निवास पुगेदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चर्चाकाे केन्द्रमा रहे । त्याे चर्चाकाे मुख्य कारण थियाे- प्रचण्डले लगाएकाे दाैरा-सुरुवाल ।

 

१० बर्से सशस्त्र युद्धकाे नेतृत्व गरेर आएका प्रचण्ड यसअघि २ पटक प्रधानमन्त्री हुँदा कहिल्यै दाैरा-सुरुवाल लगाएनन् । सधैँ टाई-सुटमै ठाँटिए । उनकाे क्याबिनेटका मन्त्रीले दाैरासुरुवाल लगाउँदा पनि उनी जहिल्यै काेट-पाइन्टमै देखिए ।

 

आज प्रधानमन्त्रीले सदनकाे विश्वासकाे मत लिने क्रममा पनि दाैरासुरुवालले राेस्ट्रममै स्थान पायाे । विश्वासकाे मत मागेपछि अन्य सांसदले उठाएका प्रश्नहरूकाे जबाफ दिने क्रममा प्रचण्डले आफूले दाैरा सुरुवाल लगाउनुकाे रमाइलाे किस्सा सुनाए । 

 

आफू दाैरासुरुवालकाे विराेधमा कहिल्यै नरहेकाे बताएका प्रचण्डले उपयुक्त माैका खाेजिरहेकाे सुनाउन भ्याए । 'आफू जुन राजनीतिक अवस्थाबाट गुज्रिएँ, त्यहाँ कहिल्यै याे लगाउने अवसर पाइनँ,' उनले भने, 'त्यसैले मैले अरू नै पाेसाक लगाएँ र त्यसैमा बानी पर्‍याे ।'

 

यस्तै उनले शान्तिपूर्ण प्रतिस्पर्धामा आएपछि क्रान्तिकारिताकाे प्रदर्शनले चुनावमा राम्राे नतिजा नदिएकाे बताए । रमाइलाे लबजमा हाँस्दै उनले भने, 'दाैरा-सुरुवाल लगाउनेले जितेका छन्, नलाउनेले हारेका छन् । भनेपछि त ...'

 

आफूले दाैरासुरुवाल लगाउने समाचार बाहिर आएपछि नेगेटिभ कमेन्ट एउटा पनि नआएपछि दाैरासुरुवाल त लगाउनै पर्ने रहेछ भन्ने लागेकाे उनले सुनाए । 

 

दाैरा सुरुवाल सबै भाषा, धर्म, जातजातिकाे साझा पाेसाक भएकाे उनले बताए । तर अझै आफूलाई बानी परिनसकेकाे भन्दै उनले बढी चर्चा गरेर असहज नबइदिन पनि अनुराेध गरे ।

 

स्मरणीय छ- दाैरा सुरुवाल लगाएर शपथ ग्रहण समाराेहमा उपस्थित भएका प्रचण्डले गाेजीमा हात हाल्न खाेजेकाे र टाई मिलाउन खाेजेकाे दृश्य सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे । 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्