पुस २७ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

०६२/०६३ को जनआन्दोलनपछि बिदा दिन छाडियाे
सोमबार, पुस २५, २०७९

काठमाडौँ– सरकारले पुस २७ गते पृथ्वी जयन्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

 

सोमवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपाल एकीकरणका नायक बडामहाराजा पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

 

राप्रपाले सरकारलाई समर्थन दिन र सरकारमा सहभागी हुन पृथ्वी जयन्तिमामा सार्वजनिक विदा दिनुपर्ने अडान नै राखेको थियो । आजै सार्वजनिक सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख गरिएकाे छ । सो न्यूनतम साझा कार्यक्रमलाई आजै बसेकाे मन्त्रिपरिषद बैठकले पारित गरेको स्रोतले बतायो ।

पृथ्वी जयन्तिको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि २०६२/०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १८:५०
प्रतिक्रिया दिनुहोस्