डा.बरालको नयाँ पुस्तकः ‘विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन’

आइतबार, पुस १७, २०७९

काठमाडौँ– शिक्षा, प्रशासन र साहित्य विषयका लेखक डा.खगराज बरालको सैद्धान्तिक र अनुसन्धानमूलक नयाँ कृति  ‘विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन’ बजारमा आएको छ । नेपाल सरकारका पूर्वसचिव डा बरालका शिक्षा व्यवस्थापनसम्बन्धी झण्डै एक दर्जन पुस्तक पनि प्रकाशन भइसकेका छन् ।

 

भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको पुस्तक नेपालको विद्यालय शिक्षा र शिक्षक व्यवस्थापनमा केन्द्रित छ । शिक्षक व्यवस्थापनमा पनि गुरुकुल शिक्षा र आधुनिक विद्यालय शिक्षाका विभिन्न पक्षको अध्ययन विश्लेषणमा यो पुस्तक केन्द्रित छ । 

 

नौ परिच्छेदमा लेखिएको पुस्तकमा शिक्षक व्यवस्थापन, विद्यालय शिक्षाको इतिहास, गुरुकुल शिक्षा पद्धतिको इतिहास, आधुनिक विद्यालय शिक्षा पद्धतिको इतिहास, शिक्षक व्यवस्थापनका सिद्धान्त, शिक्षक व्यवस्थापनका नीतिगत व्यवस्था, शिक्षक व्यवस्थापन साहित्यको पुनरावलोकन, शिक्षक व्यवस्थापनको विश्लेषण, प्राप्ति, निष्कर्ष र सुझाव जस्ता शीर्षकमा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  २१:२६
प्रतिक्रिया दिनुहोस्