कवि भूपि शेरचनका ११ कविता श्रव्य माध्यममा

आइतबार, पुस १०, २०७९

काठमाडौँ–  कवि भूपि शेरचनको ८८ औँ जन्मजयन्तीका अवसरमा उनले लेखेका ११ कविताको श्रव्य संस्करण सार्वजनिक गरिएको छ ।

 

साहित्यिक पत्रकार सङ्घले म्युजिक नेपालसँगको सहकार्यमा शेरचनका ११ कविता १२ जना कवि एवं कवयित्रीले वाचन गरी आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । 

 

श्रव्य सामग्री विमोचन गर्दै कवि एवं पूर्वमन्त्री एसपी कोइरालाले भूपि उनका सिर्जनाका कारण असङ्ख्य नेपालीको मन मस्तिष्कमा रहन सफल भएको बताए । 

 

भूपिका लोकप्रिय कविता श्रव्य माध्यमबाट स्रोतामाझ लगेपछि सुन्न चाहनेका लागि सहज हुने उनले सुनाए । भूपिका सशक्त, जीवन्त एवं जनजिब्रोमा रहेका कविता सुनेर पाठकले लाभ लिन सक्ने कोइरालाको भनाइ थियो । 

 

कार्यक्रममा भूपिकी धर्मपत्नी कान्ति शेरचन, कवि एवं नाटककार अशेष मल्ल, सङ्घका अध्यक्ष राधेश्याम लेकाली, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, साहित्यकार प्रमोद प्रधान, साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष विश्वविमोहन श्रेष्ठ र नरेन्दबहादुर श्रेष्ठलगायतले उनले नेपाली कविताको गद्य विधामा पुर्‍याएको योगदानका बारेमा चर्चा गरेका थिए । –रासस

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार