बारामा गोली लागेर मृत्यु भएका व्यक्ति भारतको ‘मोस्ट वान्टेड’ सूचीमा

गोली हानेर फरार भएका व्यक्तिहरुको खोजी हुँदै
शुक्रबार, पुस ८, २०७९

वीरगञ्ज– बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिक शिवपुजन यादवको मृत्यु भएको छ ।

 

बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पतालका अनुसार भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार साँझ गोली लागेपछि पौने ६ बजे अस्पताल पुर्‍याइएको उनलाई ६ बजे अस्पतालले मृत घोषित गरेको हो । प्रहरीका अनुसार मृतक यादव भारतको 'मोस्ट वान्टेड' सूचीमा रहेका थिए । उनी बिहीबार मात्र भागेर नेपाल आएर आफन्तकोमा बसेकाे प्रहरीले जनाएको छ ।

 

घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार बाराको महागढीमाई नगरपालिका–२ भुतही पुल नजिकै चिया पसलमा नम्बर नखुलेको दुई वटा मोटरसाइकलमा आएका पाँच जनाको समूहका एक जनाले साढे ५ बजेतिर गोली हानेर भागेका थिए । 

 

गोली हान्ने व्यक्तिहरु फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतको 'मोस्ट वान्टेड'

 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्