५.८९ अकंले घट्यो सेयर बजार, करोडबाट घट्दैछ कारोबार

बुधबार, पुस ६, २०७९

काठमाडौं– साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ५.८९ अंकले घटेको छ । नेप्से उक्त अंकले घटेर १८६७.२२ अंकमा बन्द भएको हो । 

 

बुधबार नेप्सेमा २४ लाख ४० हजार ३०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा कारोबार रकम ८६ करोड ३८ लाख १७ हजार पुग्यो । जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ११ करोड ८२ लाख ४६ हजारको कारोबार हुँदा नबिल बैंकको ३ करोड ९५ लाख ९ हजारको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको ३ करोड ८५ लाख ७७ हजारको कारोबार भएको छ । सोमबार र मंगलबार लगातार दुई दिन बढेको नेप्से बुधबार भने घटेको हो । नेप्सेमा गिरावट हुँदा कारोबार रकममा पनि उत्साह भने छैन ।

 

बुधबार नेप्सेमा कुल २१२ कम्पनीको सेयर कारोबार भएकोमा १४० कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । 

 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्