बढ्यो सुनको मूल्य

बुधबार, पुस ६, २०७९

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ८ सयले उकालो लागेको छ । मङ्गलबार प्रतितोला १ लाख चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख १ हजार २ सय तोकिएको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख सात सय छ । यसको मूल्य अघिल्लो दिन  ९९ हजार नौ सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा २५ ले वृद्धी भई प्रतितोला १ हजार चार सय पुगेको महासङ्घले जनाएको छ । 

 

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस १ हजार ८ सय १३ दशमलव ४ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्