नागरिक उड्डयन प्राधिकरणले निगमसँग साेध्याे स्पष्टीकरण

बुधबार, पुस ६, २०७९

काठमाडौँ –  नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ ।  ‘क्याबिन क्रु’ को हडतालका कारण बुधबार र बिहीबार निगमका नियमित उडानमा देखिएको अवरोधमाथि प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।

 

निगमले भने २ दिनमा २ करोड बढीको क्षति भएको जनाएको छ । दुई दिन उडान अवरोध हुँदा कनेक्टिङ फ्लाइट छुट्न गएका यात्रुलाई निगमकै खर्चमा अन्य वायुसेवाबाट पठाइएको निगमले जनाएको छ । 

 

यसैबीच निगमले क्यबिन क्रुको हडतालका कारण कम्तीमा साढे २ करोड रुपैयाँ क्षति भएको जनाएको छ । दुदुई दिनमा कम्तीमा ७५ यात्रुलाई अरू वायुसेवाको विमानबाट पठाउँदा उडान छुट्न गएकालाई होटलमा राख्दा साढे दुई करोड क्षति भएको हो । 

 

वायुसेवा कम्पनीहरूको नियामक निकाय प्राधिकरण मातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्स विभागले निगमलाई उक्त घटना के कारणले भएको हो, विस्तृत अध्ययन गरेर तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो ।

 

 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  ०७:४३
प्रतिक्रिया दिनुहोस्