यस्तो छ आजको विनिमयदर

बुधबार, पुस ६, २०७९

काठमाडाैँ - नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

 

आज डलर १ काे खरिददर १३२ रूपैयाँ १२ पैसा र बिक्री दर १३२ रूपैयाँ ७२ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ४७ पैसा र बिक्री दर १४१ रूपैयाँ ११ पैसा रहेको छ।    


बेलायती पाउण्ड एकको खरिद दर १६०रूपैयाँ ५० पैसा र बिक्री दर १६१ रूपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसा रहेको छ । 

 

मलेसियन रिङ्गेट १ काे खरिददर २९ रूपैयाँ ८० पैसा र विक्रीदर २९ रूपैयाँ ९४ पैसा रहेकाे छ । साउदी रियाल १ काे खरिददर ३५ रूपैयाँ १२ पैसा र बिक्री दर ३५ रूपैयाँ २८ पैसा रहेकाे राष्ट्रबैंले जनाएकाे छ । 

 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  ०६:४१
प्रतिक्रिया दिनुहोस्