सरकारमा सहभागी हुन प्रभु साहको दौडधुप सुरु

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ । रौतहट-३ बाट निर्वाचित सांसद प्रभु साहको समूह सरकारमा जान छलफल सुरु गरेका छन् ।  साहको समूहले सरकारमा सहभागिताको विषयमा सत्ता गठबन्धनका नेताहरुसंग भेटघाट बढाएका छन् । 

प्रभु समूहमा प्रतिनिधिसभामा निर्वाचित सांसद किरणकुमार साह र  कांग्रेस छोडेका अमरेशकुमार सिंह जोडिएका छन्।


प्रभुले आफ्नै नेतृत्वमा पार्टी बनाएर सत्ता गठबन्धन नेतृत्वको सरकारमा जाने तयारी गरेका छन्। माओवादी सहित सत्ता गठबन्धनको साथ पाएर निर्वाचित भएका सांसद प्रभु साह सत्ता गठबन्धनका नेताहरुसँग छलफलमा छन् । तर, कुन मन्त्रालय लिने वा को–को सहभागी हुने भन्ने विषयमा भने टुंगो नलागेको स्रोतले बतायो ।  

साहले माओवादी अध्यक्ष प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित कांग्रेसका नेताहरुलाई समेत भेटघाटगरी सकेका छन्।


माओवादीले रौतहट ३ बाट रवीन्द्र पट्टेललाई कारवाही गरेर साहलाई निर्वाचित गराउन भुमिका खेलेको थियो। त्यसैले अधिकांश माओवादी नेताहरु साह माओवादीमा जोडिने बताउँदै आएका छन् । यद्दपी उनी माओवादीमा फर्किने भन्दा आफ्नै नेतृत्वमा पार्टी गठन गर्ने तयारीमा लागेका छन् । 

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्