यी ९ उम्मेद्वार जसले आफ्नो मात्र भोट पाए

बुधबार, मंसिर २१, २०७९

काठमाडौं - मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणमा आइ सकेको छ । प्रतिनिधिसभामा भएको १६५ निर्वाचन क्षेत्रको प्रत्यक्ष र प्रदेशसभाको ३३० प्रत्यक्षतर्फको मतपरिणाम सर्वाजनिक भइसकेका छन् । 

समानुपातिकको मतपरिणाम गणना सकिएपनि निर्वाचन आयोगले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । यो निर्वाचनमा केही नयाँ दलले राष्ट्रिय दलको मान्यता पाए भने स्वतन्त्र रुपमा निर्वाचनमा लागेकाहरुले पनि विजयी हासिल गर्न सफल भए । तर, कतिपय उम्मेदवारहरुले भने आफूलाई नै भोट नहालेको पनि पाइयो भने केहीले आफ्नो मात्र भोछट पाए । 

आफ्नो मात्र भोट पाउँने उम्मेदवार ९ जना रहेका छन् । उनीहरु विभिन्न निर्वाचन क्षेत्रका छन् । भने काठमाडौं मै उम्मेदवार भएकाहरुले पनि आफू बाहेक अरुको मत पाएनन् । 

काठमाडौँ–१ बाट प्रतिस्पर्धा गरेकी खुमकला लामिछाने र दुर्गा प्रसाद लिम्बूले १–१ भोट अर्थात् आफ्नो मात्रै पाए । चितवन–१ र ३ बाट उठेका तिलकमणि पाठक र भीमसेन बस्नेतले पनि आफ्नो मात्र १ भोट पाए ।  

त्यतै मोरङ–३ मा चन्द्रकला खत्री र प्रकाश भट्टराईले पनि एक–एक भोट मात्रै पाए। धनुषा–४ बाट पर्शुरामकुमार यादव र संजय कुमार यादवले पनि एक–एक भोट मात्रै पाए । काठमाडौं–४ बाट उठेका महेश्वर केसीले पनि एक भोट मात्रै पाए।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ०६:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार