यूपीको वाल्मीकि समाजको विवाहमा ६० प्रहरी तैनाथ किन गरियो?

बुधबार, मंसिर १४, २०७९

उत्तर प्रदेशको सम्भल जिल्लाको गुन्नौर तहसीलको लोहमाई गाउँमा गत शुक्रबार राति भएको विवाह अहिले चर्चामा छ । गाउँका राजेन्द्र उर्फ ​​राजु वाल्मिकीकी छोरी रविनाको बिहेमा करिब ६० जना प्रहरी पुगेका थिए ।

यी प्रहरीहरू यहाँ कसैको निमन्त्रणामा आएका होइनन्, गाउँमा रविनाको बिहेको जुलुस र बेहुलाको घोडसवारीमा कसैले अराजकता नहोस् भनेर यहाँ आएका हुन् ।

राजु वाल्मिकीले असोज ३१ गते प्रहरी उपरीक्षक (सम्भल)लाई उजुरी पत्र बुझाएका थिए । उनले आफ्नो गाउँमा मंसिर २५ गते छोरीको बिहे रहेको लेखेका थिए तर जातजातिले गाउँमा बेहुलाको जुलुस निस्कन नदिने धम्की दिइरहेका छन् ।

यस उजुरीलाई बुझेपछि सम्भलका जिल्ला प्रहरी अधिकारी चक्रेश मिश्रले सीओ आलोक कुमारलाई यस विषयमा छानबिन गर्न आग्रह गरे। सम्भलका अतिरिक्त प्रहरी उपरीक्षक श्रीेश सचचन्द्रले भने, ूयसबारेमा उजुरी आएको थियो, कसैले विरोध गर्लान् कि भन्ने आशंका व्यक्त गरेका थिए तर विरोध जस्तो केही भएन। गाउँभरीले जुलुस निकालेर विवाह खुसीसाथ सम्पन्न भयो । ूू

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्