रामचन्द्र पौडेलको अग्रता कायमै

बुधबार, मंसिर ७, २०७९

तनहुँ क्षेत्र नं–१ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् । २६ हजार ७८६ मत गणना हुँदा पौडेलले निकटतम प्रतिद्वन्द्वी  एमालेका एकबहादुर रानासँग १५७७ को मतान्तर पु¥याएका छन् ।
हालसम्म पौडेलले १० हजार १४० मत प्राप्त गरेका छन् भने रानाले ८ हजार ५६३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २ हजार ६४१ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले १ हजार ९८७ मत पाएका छन् ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्