नेभिगेशन
समाचार

पर्सा ३ (ख) मा कांग्रेसका क्षेत्री निर्वाचित

वीरगञ्ज–पर्सा– ३ (ख) मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका जनार्दन सिंह क्षेत्री १० हजार १ सय ७२ मतका साथ प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्टी जनता समाजवादी पार्टी (जसपा) की डा. मधु गुप्तालाई २ हजार ६ सय ७६ मतान्तरले पराजित गर्दै नेपाली कांग्रेस पर्साका सभापतिसमेत रहेका क्षेत्री निर्वाचित भएका हुन् । 
गुप्ताले ७ हजार ४ सय ९६ मत ल्याएकी छिन् । निवर्तमान प्रदेश सभा सदस्य नेकपा एकिकृत समाजवादी पार्टीका प्रह्लाद गिरी गोस्वामीले ६ हजार ५ सय ३ मत प्राप्त गरेका छन् । 
यसअघि २०७४ सालमा भएको प्रदेश सभाको निर्वाचनमा क्षेत्रीलाई नै ९५ मतले पराजित गर्दै गिरी बिजयी भएका थिए । अहिले क्षेत्रीले गिरीसँग जितेर बदला लिएका छन् । गिरी भने तेस्रो स्थानमा छन् । 
नेकपा एमाले र जसपाको गठबन्धन भएपनि त्याहाँ पाँच दलीय गठबन्धनको भने कुनै उम्मेदवार थिएन । गठबन्धनलाई तोडेर एक्लै चुनावमा होमिएका क्षेत्री फराकिलो मतान्तरले विजयी भएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार