मोरङ–६ मा मतगणना सुरु

शुक्रबार, मंसिर ९, २०७९

विराटनगर–प्रतिनिधिसभा सदस्यतर्फ मोरङ क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ । विराटनगरको आदर्श माध्यमिक विद्यालयमा मतगणना सुरु भएको हो ।

 


यस क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डितलाई मुख्य प्रतिस्पर्धी मानिएको छ । २०७४ सालको निर्वाचनमा पण्डितले कोइरालालाई पराजित गरेका थिए ।

 


६ वटा निर्वाचन क्षेत्र रहेको मोरङका अन्य क्षेत्रको मतगणना पनि सुरु हुँदैछ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:१३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार