सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल

आइतबार, वैशाख २३, २०८१

काठमाडौँ- सन्दीप लामिछानेको मुद्दा सुनुवाइमा विलम्ब भएपछि गायिका रचना रिमालले असन्तुष्टि पोखेकी छन् ।

आइतबार पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा मुद्दा परेपछि उनले ‘दोषी भए सजाय देऊ, नभए विश्वकप खेल्न देऊ’ भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेकी हुन् ।

आइतबार सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा परेको थियो ।

पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्