विहीबार १६ अंकले घट्यो नेप्से

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– साताको अन्तिम कारोबार दिन विहीबार नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्ला तीन दिन लगातार बढेर १९३६ विन्दुमा उक्लिएको नेप्से सूचकमा बिहीबार १६ अंकको गिरावट आएको हो । सेयर दोहोरो अंकले घटेको दिन कारोबार रकम समेत ९० करोड तल झर्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन ८९ करोड ८९ लाख ७ हजार रुपैयाँ बराबरको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर कारोबार भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:४८
प्रतिक्रिया दिनुहोस्