छठका लागि जनकपुरमा ३ करोडको केरा भारतबाट आयात

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र ३ करोड बराबरको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घ्यको रूपमा चढाउने परम्परा छ।

छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुने हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिले जनाएको छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन।

स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको कृषकहरुले बताउँने गरेको छ। अघिल्लो वर्ष पौने २ करोड रुपैयाँभन्दा बढीको केरा जनकपुर भित्रिएको थियो। यस वर्ष केरा झण्डै ६० ट्रक भित्रिएको छ ।

जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरी जिल्लास्थित भारदह, भन्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ। मालभोग, मिरिचमान, चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:४८
प्रतिक्रिया दिनुहोस्