राष्ट्रिय खेलकुदको दशौं संस्करण कर्णालीमा २०८१ को मंसिर २ देखि ९ गतेसम्म

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले दशौंको मिति घोषणा गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:५९
प्रतिक्रिया दिनुहोस्