नेभिगेशन
अर्थतन्त्र विविध

फूलमा आत्मनिर्भर बनाउनको लागि आयतमा रोक लगाउनु पर्ने माग

काठमाडौँ–समय अनुकुल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्‍याउनका लागी भन्दै १५ औ गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । नेपालमा विगत वर्ष देखि नै व्यावसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फुल बिरुवाहरूको साथै यस वर्ष भित्रिएका फुलको नयाँ प्रजातिका बिरुवाहरू समेत प्रदर्शन गरिएको छ  । आज बाट सुरु भएको प्रदर्शनी ६ गते  सम्म सञ्चालन हुने छ । यस प्रदर्शनीमा ४९ व्यवसायी स्टल, २ ओटा प्रतियोगितात्मक स्टल र ४ सूचनामुलक स्टल गरी जम्मा ५५ वटा प्रदर्शनी कक्षहरू रहेको छ । यस वर्ष मेलामा ३७  हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन र ८० लाख सम्मको व्यावसायिक कारोबार हुने अपेक्षा रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।  त्यस्तै पुष्प विकास केन्द्रका अध्यक्ष  सुदीप श्रेष्ठले नेपालका पुष्प व्यावसायीले जुन किसिम को ब्यवस्था र प्राथमिकता  पाउनुपर्ने थियो त्यो नपाएको बताए ।  ६ अर्ब लगानी गरेर वार्षिक २ देखि ३ अर्ब मुनाफा कमाउने व्यवसायलाई सरकारले खासै ध्यानाकर्षण नभएको प्रति उनले गुनासो गरेका छन् । त्यस्तै नेपाललाई फुलमा आत्मनिर्भर बनाउनको लागि आयतमा रोक लगाउनु पर्ने अध्यक्ष   श्रेष्ठले बताए । वनस्पति विभागका प्रमुख डा राधा वाग्लेका अनुसार हाल सम्म गोदावरीमा २० हजार भन्दा बढि प्रजाति  निकालिएको छ  । साथै विभागले  फूलहरू १२  महिना नै फुलाउने तयारी गरिरहेको बताइन । त्यस्तै  नेपाल सरकारले  लिएको प्लास्टिकको फुल नियन्त्रणको नीतिको स्वागतयोग्य रहेको बताइन् ।  नेपाल उद्योग वाणिज्य सघका अध्यक्ष शेखर गोल्छाले नेपालले सबै प्रकारका  पुष्प फलाउन सक्ने बताए  । तर कल्पना र सम्भावनाको कुरा मात्र गरेर नहुने भएकाले सरकारको यस तर्फ विशेष ध्यानाकर्षण हुनुपर्ने बताए । त्यस्तै फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीन बहादुर तामाङ विगतका वर्षमा कोरोनाको कारण उत्पादनमा केही समस्या देखिएको तर विस्तारै उत्पादन बढ्दै गएको बताए । साथै नेपाल साथै हरेक कच्चा पदार्थहरूको लागी नेपाल भारत सँग निर्भर रहनु पर्ने भएकाले विदेशी उत्पादन आयतमा कडाइ गर्नु पर्ने बारम्बार सरकार सँग आफूहरूले माग गरेपनि सरोकारवाला निकायले भने ध्यान नदिएको उनले बताए । त्यस्तै अझै ८–१० वर्ष सम्म ९१० प्रतिशत फुल आयात हुने उनले बताए । साथै यो बर्षको पुष्प प्रदर्शनी मा सम्झना नर्सरी उत्कृष्ट भएको छ । यस्तै, थापा नर्सरी  टिटिआर बंगला मुखि नर्सरी दोस्रो र तेस्रो  भएको छ । त्यस्तै यस वर्ष करिब २० लाख फुलमा मालाहरु खपत हुने अनुमान रहेको छ । गत वर्ष १८ लाख १५ हजार खपत भएको थियो । महासचिव पोख्रेलका अनुसार बजारमा गत साल को तुलनामा १० देखी १५ प्रतिशत फुलका मागहरु बढ्दै गएको छ । उनको अनुसार १७ लाख माला नेपालकै विभिन्न जिल्लाहरुमा उत्पाद भएका छन भने करिब ३ लाख माला भने भारतबाट आयत भएको गरिएको छ । अघिल्लो बर्ष भारतबाट करिब ३ लाख ६३ फुलका मालाहरु नेपाल भित्रिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध