नेभिगेशन
समाचार

गुल्मी–२ : बागी उम्मेदवारले गरे झाँक्रीलाई समर्थन

गुल्मी–गुल्मी–२ मा सत्तारुढ गठबन्धनकी उम्मेदवार तथा नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका डा.दामोदर भुसालले उम्मेदवारी फिर्ता लिँदै झाँक्रीलाई नै समर्थन गरका छन् । आफूले कसैको समर्थन र विरोधमा उम्मेदवारी नदिएको, कांग्रेस भित्र लोकतन्त्रको लडाई लडेको तर जिल्लाभरका कार्यकर्ताको दबाब थेग्न नसकी उम्मेदवारी फिर्ता लिएको भुसालले बताए । उम्मेदवारी मनोनयन गर्दा उनको समर्थक बसेका रवीन्द्र घिमिरेले भुसालको उम्मेदवारी फिर्तालाई सकारात्मक रुपमा लिन आग्रह गरे । भुसालको उम्मेदवारी फिर्ताले आफूहरुको जीत सुनिश्चित भएको नेतृ झाँक्रीको भनाइ छ । जिल्लाका ६ वटै सिटको जित सुनिश्चित भएको उनले दावी गरिन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार