नेभिगेशन
जीवनयापन

भरखरै बाबुआमा बन्नुभएको छ भने आफ्नो बच्चाको विकासको लक्षण थाहा पाउनुहोस्

१. तीन महिनामा बच्चाले आफ्नो गर्धन सिधा राख्न सक्छ । २. लगभग छ महिनाको उमेरमा बस्न सिक्छ । ३. ८–१४ महिनाको बिचमा दाँत स्किन सुरु हुन्छ । जुन करिब ३० महिनासम्म जारी रहन्छ । यसरी निस्कने दाँतलाई दुधे दाँत भनिन्छ । दाँत निस्कँदा धेरै जस्तो माथिको भन्दा तलको दाँत पहिला निस्कन्छ । ४. नौ महिनामा खुट्टाको बलले हिँड्ने प्रयास गर्न थाल्छ । उभिन सिक्छ । ५. करिब १०–१२ महिनामा सहारा लिएर हिँड्न सिक्छ । ६. १३ महिनामा स्वतन्त्र रूपमा हिँड्न सिक्छ । यो बेलामा केही साना शब्द पनि उच्चारण गर्न सिक्छ । ७. १५ महिनामा सरलताका साथ दौडन सक्छ र ससाना सजिला शब्दको उच्चारण पनि गर्न सक्छ । ८. दुई वर्षमा केही बोल्न सक्छ । ९. ४ देखि ६ वर्षमा दूधे दाँत बिस्तारै झर्न थाल्छन् र नयाँ दाँत आउन थाल्छन् । छ वर्षमा प्रायः २८ दाँत हुन्छन् । युवावस्थामा प्रायः ३२ दाँत हुन्छन् । तर त्यति नै हुन्छन् भन्ने पनि हुँदैन ।     साभार ः ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्