गरिबीको दसैँ

बिहीबार, मंसिर ८, २०७९
समय सङ्गै बिस्तारै दसैँ गीत आउँदा , बजारमा मानिसको भिडभाड सम्झिएँ । सहरबाट गाउँ जाने गाडी भित्र मानिसको, चापाचाप देख्दा दसैँ आए जस्तै सम्झिएँ । बहिनी र भाइले दसैँका लागि किनेका कपडा सम्झिएँ , उनीहरूको दसैँका लागि घर जाने खुसीको रौनक सम्झिएँ । गाउँका झुत्रो घर गोबर र माटोले टाली लिपेको सम्झिएँ , दसैँ घर दैलोमा आइरहँदा , बा सम्झिए , आमा सम्झिएँ । मलाई दसैँका लागि किनी दिएको कपडा सम्झिएँ , बुवा र आमाको शरीरमा भएको च्यात्तिएको कपडा सम्झिएँ । दसैँको माग पुरा नहुँदा बा आमासँङ्ग रोएर जितेको सम्झिएँ । बाल्यपनमा भएको चाडपर्वको खुसी सम्झिएँ , अनि कि बा आज समयको माग सम्झिएँ । आफ्नो परिवारको अवस्था सम्झिएँ , दसैँको खर्च सम्झिएँ , आफ्नो जिम्मेवारी सम्झिएँ , अनि कमाएको खातामा पैसा सम्झिएँ , साथीको कपडा सङ्गै आफ्नो झुत्रो कपडा सम्झिएँ । पल्लो घरमा दसैँ भरी मासु पाक्दा , घरमा दुई छाक मासु पाकेको गत वर्ष सम्झिएँ । छोराछोरीको रुवाबासी सङ्गै टुलुटुलु र्‍याल काडेको सम्झिएँ , फर्सीलाई खसी मानी पकाएर खाएको दिन सम्झिएँ । गत वर्ष दसैँका लागि काडेर लिएको ऋण सम्झिएँ , अनि बल्ल दसैँको दशा सम्झिएँ , गरिबीको दसैँ सम्झिएँ । गरिबीको रेखा मुनी चाडबाड आउँदाको पीडा सम्झिएँ , अरूको भड्किलो दसैँ सङ्गै देखावटी कुसंस्कार सम्झिएँ । दसैँमा टीका लगाई दिँदा दिएका आशीर्वाद सम्झिएँ , झसङ्ग हुँदै भविष्यको सपना सम्झिएँ । साहुले ऋण नपत्ताउँदा आमाको आँखाको आँसु सम्झिएँ , बा ले छोरो ठुलो मान्छे भएको हेर्ने सपना सम्झिएँ । आज म प्रति परिवारको सपनामा निराशापन पन सम्झिएँ , “बाबु घाँटी हेरी हाड निल्नु” भनी दिएको आशीर्वाद सम्झिएँ । त्यसैले त बा गरिबीको चाड वाड त शुभकामना आदान प्रदान मात्रै सम्झिएँ । विजया दशमी तथा शुभ दीपावली सङ्गै महान् पर्वको हार्दिक मङ्गलमय शुभकामना
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:०९
प्रतिक्रिया दिनुहोस्