राष्ट्र बैङ्कले १२ अर्ब बढीकाे ऋणपत्र जारी गर्ने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले १२ अर्ब १० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैङ्कले ९१ दिन र १८२ दिनको लागि ऋणपत्र जारी गर्न लागेको हो जनाएको छ। मङ्गलवार जारी हुने यस ऋणपत्रका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैङ्कले ९१ दिनको लागि ९ अर्ब १० करोड रुपैयाँको र १८२ दिनको लागि ३ अर्ब बराबरको ऋणपत्र जारी गर्न लागेको हो। ९१ दिनको ऋणपत्र पुस १२ गते परिपक्व हुनेछ भने १८२ दिनको ऋणपत्र चैत १४ गते परिपक्व हुनेछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ऋणपत्रको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैङ्क कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ऋणपत्रको प्रमाणपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैङ्क तथा वित्तीय संस्था, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिक समेत ऋणपत्रकाे बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ऋणपत्रको बाँडफाँट हुने गर्दछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:५६
प्रतिक्रिया दिनुहोस्