मधेस प्रदेशबाट नवौँ राष्ट्रिय खेलकुदका लागि ५ महिलासहित १५ खेलाडी छनोट

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट १५ जना खेलाडी छनोट भएका छन् । प्रतियोगिताका लागि पाँच जना महिलासहित १५ खेलाडी छनोट भएका हुन्। जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन् । छनोट हुनेमा बाराबाट ५७ किलो तौल समूहमा अमरेन्द्र यादव, ६१ किलोमा अमरेशकुमार यादव, ६५ किलोमा अर्जुनकुमार साह, ७४ किलोमा मुक्तार आलम, ७९ किलोमा बुनिलाल राउत र एक सय २५ किलोमा राज यादव छन् । त्यस्तै पर्साबाट ७० किलोमा मनोज यादव, ८६ किलोमा लालबहादुर यादव, ९२ किलोमा अवधेश यादव र ९७ किलोमा राजेश यादव छनोट भएका छन् । यस्तै महिलातर्फ छनोट हुने पाँच खेलाडीमा ५० किलो तौल समूहतर्फ बाराकी गीता यादव, ५३ किलोमा पर्साकी मधुकुमारी पटेल, ५५ किलोमा बाराकी प्रमिला कुमारी साह, ५७ किलोमा बाराकै किरण यादव र ६२ किलोमा पर्साकी निलम कुमारीरहेकी पटेल छिन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:२३
प्रतिक्रिया दिनुहोस्