आरआर क्याम्पस सहित १० सरकारी संस्थालाई १० दिनभित्र बहाल कर तिर्न महानगरको पत्र

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले १० वटा सरकारि संस्थालाइ बहाल कर बुझाउन बिहीबार पत्र काटेको छ । महानगरले विभिन्न सरकारी कलेज सहित १० वटा सरकारी संस्थालाई बहाल कर बुझाउन पत्र काटेको हो । महानगरले नेपाल आर्मीको केन्द्रीय कार्यलय, थापाथली, नेपाल प्रहरीको केन्द्रीय कार्यलय, नक्साल र समाज कल्याण परिषद् लैनचौर, शंकरदेव क्याम्पस, पुतलिसडक, आरआर क्याम्पस, भृकुटीमण्डप, नेपाल ल क्याम्पस, भृकुटीमण्डप, वीर अस्पताल महाबौद्ध, दशरथ रंगशाला त्रिपुरेश्वर, सरस्वती बहुमुखी क्याम्पस ठमेल र नेपाल कमर्स क्याम्पस मिनभवनलाई पटकपटक ताकेता गर्दापनि बहाल कर नबुझाएकाले १० दिन भित्र बुझाउन अनुरोध गर्दै पत्र काटेको हो । यी संस्थाहरूले आफ्नो क्षेत्रभित्र बहाल लगाएर आम्दानी गरेको र सो आम्दानीको कर तिर्न महानगरले अनुरोध गरेको हो । यदि १० दिनभित्र कर र जरिवाना नतिरे महानगरपालिकाको राजस्व ऐन, २०७५ अनुसार कारबाही गर्ने महानगरले काटेको पत्रमा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३१
प्रतिक्रिया दिनुहोस्