गोल्डेन ओक १२ औं कृति अवार्डस्को ‘टप फाइभ’ मनोनयनहरुको घोषणा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको गोल्डेन ओक १२औं कृति अवार्डस २०७९ को बिभिन्न ३१ वटा बिधामा परेको ४२५ मनोनयनहरु मध्ये हरेक बिधामा उत्कृष्टताको उच्चतम ५ वटासम्मका मनोनयनहरु आज होटल याक एण्ड यतिमा आयोजित भव्य समारोह बिच घोषणा गरियो । उक्त कार्यक्रममा विज्ञापन व्यबसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मिहरुको उल्लेखनिय उपस्थिती रहेको थियो । विज्ञापन व्यबसायि, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मिहरुको साझा कार्यक्रम गोल्डेन ओक १२औं कृति अवार्डस् २०७९को तिन शिर्षक मध्य मेनस्ट्रिम अन्तगर्तका बिधाहरुमा उत्कृष्ट–५, तथा टेक्निकल र क्याम्पेन शिर्षक अन्तगर्तका बिधाहरुमा उत्कृष्ट–३÷३ छनौटहरुको आज घोषणा गरिएको हो । यस गोल्डेन ओक १२औं कृति अवार्डस्मा ३१ वटा बिधामा ४५ वटा एजेन्सीहरुले ४२५ वटा नोमिनेसन दर्ता गराएका थिए । गोल्डेन ओक १२औं कृति अवार्ड २०७९को मुख्य प्रायोजकमा गोल्डेन ओक, पावर बाइमा बाल्ट्रा र डिस होम रहेको छ । त्यसै गरी कार्यक्रमको अन्य प्रायोजकहरुमा बैंकिङ्ग पार्टनरका रुपमा मुक्तिनाथ बिकास बैक लि., ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टेड वाईमा आइ.टि.पि.एफ., प्रभु बैक, सफ्टि हाइजिन, सेल पे, र राष्ट्रिय बाणिज्य बैंक रहेका छन् । गोल्डन ओक १२औं कृति अवार्डस २०७९को मुल समारोह होटल सोल्टिमा भाद्र २५ गते शनिवार हुदैंछ । कृतिको टप फाइभ नोमिनेसनको कार्यक्रमको प्रायोजन अनलाइन खवर डट कम र हिमालय टिभि एचडिले गरेका थिए । कार्यक्रममा बाहौं कृतिका ट्राभल पार्टनर—गुरु ट्राभल्स र आन बिच सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:५१
प्रतिक्रिया दिनुहोस्