नेभिगेशन
समाचार

बाबुराम भट्टराई भन्छन्– गठबन्धन अहिलेको आवश्यकता हो

धनगढी– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेस र माओवादी केन्द्र शान्ति र संविधान निमार्णको मुख्य पक्षधर दल भएकाले गठबन्धन स्वाभाविक भएको बताए। अध्यक्ष भट्टराईले वर्तमान गठबन्धन दलबाटै आफू गोर्खा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहने बताए । सञ्चारकर्मीको जिज्ञासा उनले नेकपा एमालेसँग चुनावी तालमेल नहुले उल्लेख गर्दै हिन्दु राष्ट्र र राजसंस्थाको पक्षपाती राप्रपा जस्ता दलसँग गठबन्धन गरिनु संविधान विपरीत हुने बताए। मुलुक निर्वाचनतर्फ अघि बढिरहेकाले पार्टीको सम्पूर्ण शक्ति निर्वाचन केन्द्रित गरिएको उनले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार