नेभिगेशन
समाचार

कांग्रेस नेता अमरेशकुमार सिंहमाथि अनुशासनको कारबाही

सर्लाही – कांग्रेस नेता अमरेशकुमार सिंहमाथि अन्तर्घातको आरोपमा अनुशासनको कारबाही गरिएको छ । २०७४ सालको निर्वाचनमा सर्लाही–४ बाट निर्वाचित सिंहमाथि गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेको हो ।

कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीले गत २ असारमा सिंहलाई निलम्बन गरेको कांग्रेस मधेस प्रदेश कार्यसमिति-अनुशासन समितिलाई जानकारी गराएको छ । गत ४ असारमै जिल्ला अनुशासन समितिले प्रदेश समितिलाई पत्राचार गरे पनि सोमबार उक्त पत्र सार्वजनिक भएको छ ।

सिंहको निर्वाचन क्षेत्र सर्लाही–४ बाट आगामी निर्वाचनका लागि कांग्रेस महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार