नेभिगेशन
समाचार

सलाही–४ मा अमरेश सिंह निलम्बनमा, गगन थापा सिफारिस

जनकपुरधाम – नेपाली कांग्रेसका सांसद डा अमरेश सिंहलाई गएको स्थानिय निर्वाचनमा पार्टीसँग अन्तर्घात गरेको भन्दै निलम्बन गरिएको छ । सिहंको निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ बाट कांग्रेसले महामन्त्री गगन थापालाई एकल रुपमा सिफारिस गरेको छ । काठमाडौं ४ बाटै आफ्नो उमेदवारी रहने बताउँदै आएका थापालाई पार्टीले सर्लाही पुर्याएको छ । सोमबार बसेको पार्टीको क्षेत्रीय कार्य समितिको बैठकले सर्लाही क्षेत्र नम्बर ४ का लागि महामन्त्री थापाको नाम एकल रूपमा सिफारिस गरेको हो । थापालाई उम्मेदवार सिफारिस गरेलगत्तै नेपाली कांग्रेस सर्लाहीले सांसद सिंहलाई निलम्बन गरेको पत्र सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको पत्रमा भनिएको छ,’सांसद डा। सिंहलाई जिल्ला अनुशासन समितिले कांग्रेसको विधान २०१७ ९संशोधनसहित० को धारा ३४ को उपधारा ४ को ख बमोजिम ०७९ असार २ गते निलम्बन गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार